डा. ढाकाकुमारको अर्को अडिओ रेकर्ड पनि सार्वजनिक

पाेखरा | चैत २७, २०७९

डा. ढाकाकुमारको अर्को अडिओ रेकर्ड पनि सार्वजनिक

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.​ ढाकाकुमार श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ।

 

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

 

ढाकाकुमारले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको कपुरबोटले उल्लेख गरेको छ। 

 

दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै ढाकाकुमारले गौतमलाई फोन गरेको उक्त अडिओमा सुनिन्छ। तर फोनमा बोल्ने व्यक्तिले आफू गाडीमा भएको भन्दै 'भरे कुरा गरौंला' भनेर फोन काटेका छन्।

 

अहिले सार्वजनिक भएको अडियोमा के छ ?

 

सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन्। प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्छन्।

उनले हो भन्छन्। 

यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले 'दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो' भन्छन्।

 

दुर्गा प्रसाईंले यसमा मैले के गर्नुपर्छ त भन्नु न भनेर सोध्छन्।

'मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त।बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न,' प्रसाईंले भनेका छन्।

फोनमा ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, 'जे भए पनि दाइले बीचमा पारे क्यार। लाटो सोझो मान्छेलाई बीचमा पारे। हजुरले बुझिदिनुपर्‍यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ।'

 

प्रसाईं भन्छन्, 'म वीरगन्जमा छु। बेलुकी भेट्न भनिदिनु।  वीरगन्जमा लघुवित्तको कार्यक्रममा छु। लघुबित्त, बैंक र सहकारीले सके। रवि लामिछानेहरू यस्तै हो, लुट्न गएका छन् त्यहाँ। अब तपाईंले बुझिहाल्नुभयो।'

उनले थप भनेका छन्, 'मलाई एउटा कुरा चित्त नबुझेको। सांसद बनाउँदा पनि पैसा लिने र मन्त्री बनाउँदा पनि पैसा लिने। पार्टी अध्यक्षहरूको कुरा चित्त बुझेन।'

 

फोनमा बोल्ने व्यक्ति भन्छन्, 'अब यो त दाइहरूको कुरा भयो। म बुझ्दिनँ क्यार। मलाई त दाइले एकचोटि कुरा गर न त भन्नुभएको थियो।'

यो अडिओसँगै ढाकाकुमारका भाइ भन्ने व्यक्तिको भिडिओ पनि कपुरबोटले सार्वजनिक गरेको छ।

 

आइतबारको अडिओ सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारसँग ७२ घन्टे स्पष्टीकरण सोधेको थियो।

 

देवकोटाका अनुसार सांसद ढाकाकुमारले आफ्नो स्पष्टीकरणमा अडिओमा आफ्नो आवाज नभएको बबताउदै आएका छन् ।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्